२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमालेसहित प्रतिपक्षी दलद्वारा नागरिकता विधेयकको सदनमा चर्को विरोधः संसद बैठक स्थगित

२१ जेठ, काठमाडौं । नेकपा एमालेसहितका प्रतिपक्षीले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै सदन अवरुद्ध गरेका छन् ।आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजीसहित विरोध जारी राखेपछि सभामुखले बैठक एक घण्टाका लागि स्थगित गरेका हुन् ।

सभामुखले पालैपालो तीनवटै दलका मुख्य सचेतकलाई बोल्न दिएपनि उनीहरुले संसद चल्न नदिने अडान नछोडेपछि बैठक एक घण्टापछि बस्ने गरी स्थगित भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेपनि प्रतिपक्षीले त्यसलाई बेवास्ता गर्दै निरन्त बैठक अवरुद्ध बनाएका हुन् । सभामुखले पटक पटक बैठक नियमीत गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १२:५८