२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरकार उल्टो बाटो हिड्दा देश दुर्भाग्यपूर्ण अवस्थामा पुग्योः पदम गिरी

२१ जेठ, काठमाडौं । नेकपा एमालेका संसद पदम गिरीले सरकार उल्टो बाटोमा हिड्दा देश दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै एमालेका प्रमुख सचेतक गिरीले मुलुकको राष्ट्रियता र अखण्डतामाथि नै प्रश्न उठने काम सरकारले गरेको बताए ।

उनले भने ‘ सरकारले नै संविधानलाई पालना नगर्ने र संविधानलाई मिचेर अगाडि बढ्ने मुलुकको राष्ट्रियता र अखण्डतामाथि प्रश्न उठ्ने खालको कामहरु हुन थाले पछि आज बाध्य भएर हामीले यो प्रसंग उठाउन परेको छ । सरकारले सुल्टो बाटो हिड्न खोजिरहेको छैन् । देश दुर्भाग्यवश अवस्थामा पुगेको छ । ’

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १२:५२