पूँजीगत लाभकरको विषयमा पछि हट्यो सरकार, ५ र ७.५ प्रतिशत कर नै अन्तिम हुने सहमति
२१ जेठ, काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमति भएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा उक्त सहमति भएको हाे । सरकारी नीतिको विरोध गर्दै लगानीकर्ताले आइतबार बिहानैदेखि सबै ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका थिए ।
अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने बताएको छ ।
‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि यो सूचना जारी गरिन्छ’ अर्थ मन्त्रालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १२:१५












