१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छुट्ला है ! एक लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ जेठ, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भाेलि जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे १४ औँ वार्षिक साधारणसभा असार ३ गते काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार ०९:५७