२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मुलुक कुनै पनि बेला आर्थिक दुर्घटनामा पर्न सक्छः पूर्व अर्थमन्त्री पाण्डे

२० जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री सुरन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र असहज अवस्थाबाट गुज्रिरहेको बताएका छन् । शनिबार काठमाडौंमा स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक लोकार्पण कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्व अर्थमन्त्री पाण्डेले मुलुकको आर्थिक अवस्था संकटग्रस्त बनेको दावी गरे ।

उनले अहिले सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको उल्लेख गर्दै कुनै पनि समय मुलुक आर्थिक दुर्घटनामा पर्न सक्ने बताए । उनले भने ‘निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राख्दै आएपनि तयो पूरा हुने अवस्था छैन्, बैंकहरुले लगानी गर्ने सामथ्र्य गुमाउँदै गएका छन् । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर जानुको विकल्प छैन् । ’

पूर्व अर्थमन्त्री एवं एमाले नेता पाण्डेले अर्थतन्त्रलाई राम्रोसँग बुझेका स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित लेख रचनाहरु एक ठाउँ समेटन सकिए त्यस्ले नेपालको अर्थतन्त्रलाई नै फाइदा पुर्याउने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, पूर्व गर्भनर विजयनाथ भट्टराई लगायतले स्व. थापा योगदानको चर्चा गर्दै मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १९:२१