२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

शान्तिप्रक्रिया निर्कषमा पुर्याउन आवश्यक सहयोगका लागि चीन तयार छः उपाध्यक्ष सापकोटा

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

शुक्रबार चीन भ्रमण सकेर फर्किएको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिमण्डलले पत्रकार सम्मेलन गर्दै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जस्तोसुकै सहयोग गर्न चिन तयार रहेको बताए ।

‘चिन र नेपालको सम्बन्धलाई मैत्रीपुर्ण बनाउन निकै नै चासो देखाएको छ । नेपालमा असल मित्रको हैसियतले शान्तिप्रकृयालाई निश्कर्षमा पुर्याउन जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । सबै कुरा खुलस्त भनिदिनुभयो भने हामीलाई सहयोग गर्न सहज हुन्छ भन्नुभयो ।’

जेठ ५ गते १० दिने भ्रमणका लागी गएका माओवादी केन्द्रमा प्रतिनिधिमण्डल १६ गते नेपाल फर्किएको हो । चिन भ्रमण नेपालको लागि निकै नै फदायि भएको उनको भनाई छ । उनले चिन पञ्चसिलको सिद्धान्त ,संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रतिवद्ध रहको बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १७:३०