२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेपाली कांग्रेसले भाेट पायाे तर विश्वास गुमायाेः गगन थापा

१९ जेठ,  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विस्तारै विस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याई बाटोमा उन्मुख भएको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनताले चाहेको कुरा सुनाउन खोज्नेहरुको राजनीतिले परिवर्तन ल्याउछ या ल्याउदैन त्यो सबैले सोच्ने विषय भएको बताए ।

उनले भने ‘ लोकरिझ्याईको राजनीतिले के गर्ने सोच्दैन् । मैले के भन्ने होला भनेर सोच्छ । जे सुन्न मन लाग्छ त्यो भन्ने । त्यो कुराले परिवर्तन ल्याउछ की ल्याउदैन भन्ने होईन । सुन्नेले जे सुनिरहको छ त्यो भन्न हुन्छ कि हुँदैन भनेर सोच्दैन् ।विस्तारै विस्तारै नेपालीको राजनीति डरलाग्दो पाराले लोकरिझ्याईको बाटोमा उद्धत हुन थालेको छ । यो दल त्यो दल भन्ने हुँदैन् । यो विस्तार विस्तारै हावी हुँदै जान सक्छ ।

यसलाई कसैले रोक्न सक्छ भने नेपालको प्रेसले मात्र रोक्न सक्छ । ’ महामन्त्री थापाले नेपाली कांग्रेसले विश्वास गुमाएको अवस्था भएको प्रष्ट पारे । उनले अहिले कांग्रेस भोट पाएको तर विश्वास गुमाएको अवस्था रहेको उल्लेख गर्दै भोटको बारेमा चिन्ता नगरी विश्वासको बारेमा चिन्ता गर्नु पर्ने बेला भएको बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १४:५७