छुट्ला है ! १ लाख कित्तासम्म भर्न पाइने आईपीओमा आवेदन दिने आज अन्तिम दिन
१९ जेठ, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने आज जेठ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले स्थानीयका लागि जारी गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे ।
कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको छ।
यो आईपीओमा लमजुङ जिल्ला मर्स्याङ्दी गापा (साबिक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का स्थानीयले आवेदन दिन पाउनेछन्।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 10:24









