३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

दशैँको समयमा अत्याधिक रक्सी पिउँदा एकजनाको ज्यान गयो

१ कात्तिक, गोरखा ।  गोरखामा दशैँको समयमा अत्याधिक मदिरा (रक्सी) सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ । यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहीबार १६:०७