२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

११० रुपैयाँमा कुमारी बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१७ जेठ, काठमाडाैं । कुमारी बैंकले आज जेठ १७ गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको ७१ हजार २६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ इच्छुक सर्वसाधारण र जाकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले साे सेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि जेठ २३ गतेसम्म काठमाडाैंकाे नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १०:३४