३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

मोटरसाइकल सिक्दा एक जनाको ज्यान गयो

१ कात्तिक, पाँचथर । पाँचथरमा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । जिल्लाको फिदिम नगरपालिका–११, बाबुङगाका ३२ वर्षका सुबास आङबोको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

विहीबार बिहान घरको आँगनमै मे ५ प ९०७४ नम्बरको मोटरसाइकल सिक्ने क्रममा आँगनको डिलमुनि खस्दा आङबोको मृत्यु भएको हो ।शवलाई पोष्टमार्टमको जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहीबार १५:४५