२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक, प्रधानन्यायाधीशको सुनुवाइ छिटो गर्न अनुरोध

१६ जेठ, काठमाडाैँ । संसदीय सुनुवाई बिषेश समितिको पहिलो बैठक सिंहदरबारमा बसेको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले विशेष सम्बाेधन गरेका छन ।

समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा भएको बैठकमा सभामुख देबराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका हुन ।

समितिको बैठकमा सम्बाेधन गर्दै सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्बेवारी कुशलतापूर्वक निर्वाह गर्ने बिश्वास ब्यक्त गरे । प्रधानन्यायधीश नियुक्ती लगायतका कामहरुको सुनुवाई छिटो गर्नुपर्ने आवश्यकता रहेको सभामुख घिमिरेको भनाइ थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि समितिले काम गर्ने बिश्वास ब्यक्त गरे । उनले सिफारिस भएर आएका ब्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफुँले स्वतन्त्रपुर्वक निर्णय गर्न समितिलाई आग्रह गरे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १०:२८