२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

तीन तहका सरकारले खर्चमा मितव्ययिता अपनाउने अर्थमन्त्री महतको विश्वास

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले बजेट प्रणालीमा सुधार गर्न र खर्चमा मितव्ययिता अपनाउन तीनै तहका सरकारहरुले समान सोंच अवलम्बन गर्ने प्रस्ताव गरेका छन् ।

संघीय संसदमा आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गर्दै उनले मुलुकमा देखिएको आर्थिक अवस्था सुधार गर्न थालिएको इमान्दार प्रयासको तीन तहका सरकारले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘ विकास र समृद्धिको उद्धेश्य हासिल गर्न तीनै सरकारबीच समान सोच र नीतिमा एकरुपता आवश्यक भएकाले अयोजना तथा बजेट प्रणालीमा सुधार गर्न र खर्चमा मितव्ययिता कायम गर्न प्रस्ताव गरेका नीतिहरु प्रदेश तथा स्थानीय तहले समेत अवल्मवन गर्ने विश्वास लिएको छु , मुलुकको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएको समस्या तथा चुनौतीको समाधान तत्कालै र एकैपटक सम्भव नभएपनि सुधारको लागि ईमान्दार सुरुवात गरेको छु ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:१५