२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि, चालु आर्थिक वर्षको चैतसम्म १ खर्ब ८० अर्व १७ करोड बचत

१५ जेठ,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा यसपटक धेरै अभावसंग सम्झौता गर्नुपर्ने अवस्था आएको बताएका छन् ।संघीय संसदमा आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गर्दै उनले कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षालगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताए ।

जुन कुल बजेटको ७३ प्रतिशत हुने उनको भनाइ थियो । अर्थमन्त्री महतले चालु आर्थिक वर्षको चैत मसान्त सम्म १ खर्ब ८० अर्व १७ करोडको बचत रहेको र विदेशी मुद्राको सञ्चिती ११ महिनाको वस्तु आयात ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त हुने देखिएको प्रष्ट पारे ।

विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई चैत मसान्त सम्म रु ९ खर्व ३ अर्व पुगेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा कुल खर्च रु १५ खर्व ४ अर्व ९९ करोड भएको छ अर्थात विनियोजनमा ८९.९० प्रतिशत भएको बताए । चैत महिनामा मुद्रास्फीति २७.७६ प्रतिशत रहेको अर्थमन्त्रीले उल्लेख गरेका छन् । आयातित वस्तुको मूल्यवृद्धि र अमेरिकी डलरसँग नेपाली मुद्राको अव मूल्यन हुँदा मुद्रास्फीतिमा चाप परेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:११