२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

चौधरी निर्दोष भएर छुटेका होइनन्, गलत तरिकाले छाडियोः रवि लामिछाने

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको टिप्पणी गरेका छन् । सोमबार सिंहदरवारमा रास्वपा सांसद बिन्दवासिनी कंसाकारको शपथपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले चौधरी निर्दोष भएर नछुटेको बताए ।

उनले भने ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौं भनेर संसदमा बोलिसकेका थियौँ। तर, तीनै तहको अदालतले फैसला सुनाएको विषय यसलाई राजनीतिक रूपमा हेर्न खोजियो। रेशम चौधरीमाथि पनि न्याय भयो र रु रेशम चौधरीले दुई दिनअघि मात्रै मलाई निर्दोष छु भनिराख्नुभएको थियो । उहाँ निर्दोष हुनुहुन्छ होला भन्ने विश्वासमा हामी नै थियौँ । तर, अहिले उहाँ निर्दोष भएर छुट्नुभएन नि। जुन लडाइँ उहाँको थियो त्यो जित्नुभएन । उहाँ कैद मिनाहा भएर निस्कनुभयो। कैद मिनाहा भनेको निर्दोष होइन ।’ थारुहरूले गरेको संघर्षले न्याय नपाएको अवस्थामा रेशम चौधरीमाथि पनि न्याय नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:१४