२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रधानमन्त्रीलाई नेविसंंघको सुझावः भ्रष्टाचारविरुद्ध कदमलाई साथ छ, शैक्षिक रुपान्तरणमा पनि तेस्तै भुमिका खेल्नुस्

१५ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुसासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधि अभियानमा साथ रहेको बताएको छ ।

साथै, नेविसंघले प्रधानमन्त्रीसँग विभिन्न मागहरु राखेको छ । संगठनको तर्फबाट आफ्ना मागहरु प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति , नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राख्नुभयो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताउँनुभयो । साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेस गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भैराखेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:२१