२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन्ः अर्थमन्त्री महत

१४ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक अवस्था सन्तोषजनक नभएको स्विकार गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै उनले वित्तिय स्थिती भन्दा सामाजीक तथा भौतीक पुर्वधारमा लगानीको अवस्था सन्तोषजनक भएको बताए ।

उनले भने ‘ विगतमा सार्वजनीक संस्थाले मुलुकको आर्थिक समाजिक तथा पुर्वधार विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भएता पनि सञ्चालन र व्यवस्थापनमा देखा परेका कमीकमजोरिहरुको कारणले समग्र वित्तिय स्थिती सन्तो्षजनक छैन् । सामाजीक तथा भौतीक पुर्वधारमा सन्तोषजनक उपलव्धि भएको छ । यस पटकको आर्थिक सर्वेक्षणमा राष्ट्रिय जनगणना २०७८ को जनसंखिक संरचना र लाभलाई अर्थिक दृष्टिकोणबाट विश्लेषण गरि छुट्टै अध्यय को रुपमा प्रस्तृत गरिएको छ ।’ उनले वित्तिय स्थिती सुधारका लागि पनि सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १४:५९