१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

याैन दूर्व्यवहारको अारोपपछि भारतीय विदेश राज्यमन्त्री एमजे अकबरको राजिनामा

३१ असोज, काठमाडाैँ । याैन दूर्व्यवहारको अारोपपछि भारतीय विदेश राज्यमन्त्री एमजे अकबरको राजिनामा दिएका छन । #MeToo अभियानमार्फत उनको याैन दूर्व्यवहारको विषय सार्वजनिक भएपछि राजिनामा दिएका हुन । राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै  अदालतबाट न्याय लिन राजिनामा लिएको बताएका छन ।

पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको उनीमाथि सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिटि्वट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको बताएकी हुन् ।त्यसपछि थुप्रै महिलाले आरोप लगाएका छन् ।

यसलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो । तर, अफ्रिका भ्रमणबाट आइतबार स्वदेश फर्किएका अकबर आफूमाथि लागेको रोप झुटा र बनावटी भएको दाबी गरे ।उनले आफूविरुद्ध झुटा अभियोग लगाउनेहरुविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार १८:४६