२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

भ्रष्टाचारबारे संसदमा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होइनः सांसद सुवाल

१४ जेठ, काठमाडौं । सांसद प्रेम सुवालले हत्यारा र भ्रष्टको संरक्षण गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । आइतबार संघीय संसदको संयुक्त बैठक पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदैं उनले प्रजातन्त्रमा हत्या गर्ने र भ्रष्टाचारलाई संरक्षण त कसैले पनि गर्न नपाउने बताए ।

उनले भने ‘ वाईड बडी,ललिता निवास,जलहरीमा भएको भ्रष्टचारबारे संसदमा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होईन् । दूधको दूध पानीको पानी छुट्याउने भनेर यो संयुक्त नियमावलीमा लेख्नुपर्छ । ’

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १३:२८