२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृति पागलपनः सांसद श्रेष्ठ

१४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने पागलपनको उदाहरण भएको बताएका छन् ।

आइतबार संघीय संसदको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदै उनले काम गर्ने शैली परिवर्तन गर्न आवश्यक भएको बताइन् ।

सांसद श्रेष्ठले भनिन् ‘ काम गर्ने तरिका पटक्कै नफेर्ने, त्यही सिराले काम गर्ने तर नतिजा फरक सोच्ने यो पागलपनको उदाहरहण बाहेक केही हैन् । जसरी कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले ज्यूले यहिबाट भन्नु भयो । हिजो पनि प्रधानमन्त्री ज्यूले ईमान्दारिताका साथ भन्नु भयो कि हामीले बजेट ल्याउँदा कर्मकाण्डी नै गरेका हौं भनेर यो नियमावली ल्याउँदा पनि ३ दिनको अन्तरालमा ल्याईयो । फरक कल्पना कसरी गर्न सक्छौ र ? ’

सांसद श्रेष्ठले प्रयोग गरेको पागलपन शब्दप्रति नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका थिए । तर सभामुखले सांसद श्रेष्ठको लाञ्छना व्यक्ति विशेषमा केन्द्रित नरहेकोले आपत्ति जनाउन आवश्यक नभएको बताएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १२:५६