१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि दुई तिहाइ मतसहित विजयी, भोलि ४ बजे सपथ

२९ फागुन, काठमाडौँ । विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छिन । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार दिँसो निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । यसैबीच नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने निश्चित भएको छ ।

सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले गराउनेछन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार २०:४५