२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व भएनः अमरेश सिंह

१४ जेठ, काठमाडौं । सांसद डा.अमरेशकुमार सिंहले समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका छन् ।आइतबार संघीय संसदको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदै उनले सिमिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, समिति गठन गर्दा कार्य व्यवस्था समिति होस्, सुनुवाई समिति होस्, राज्यको निर्देशक निर्देशित सिद्धान्तको समिति होस् सबै विचारको प्रतिनिधित्व गर्नुपर्छ तर त्यहाँ त्यसो गरिएको छैन । त्यसमा हाम्रो घोर आपत्ति छ । उनले संसदभित्रको कुरा सिंहदरबारमा सहमति हुनुपर्ने भन्दै जुन प्रश्न संसदमा उठ्छ त्यसको जवाफ, छिनोफानो पनि संसदमै हुनुपर्ने बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १२:४९