२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

शक्तिमा रहेका दलहरुको चेत अझै खुलेनः सांसद देवकोटा

१४ जेठ, काठमाडौं । सांसद खिमलाल देवकोटाले शक्तिमा रहेका दलहरुको चेत अझै पनि नखुलेको धारणा राखेका छन् । आइतबार संघीय संसदको संयुक्त बैठकमा पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिकार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदैं राष्ट्रियसभा सदस्य देवकोटाले सानादल र राष्ट्रिय सभाप्रति अनुदार रहेको दावी गरे ।

उनले संघीयता कार्यान्वयनलाई पनि नियमावली नजर अन्दाज गरेको जिकिर गर्दै संघीय सरकारका मन्त्रीहरुले आफ्नो अधिकार विकेन्द्रित गर्न नचाहेको प्रष्ट देखिको बताए ।

सांसद देवकोटाले भने ‘ गत वर्षको स्थानीय तहको चुनावको परिणम आएपछि पुराना राजनीतिक दलहरु सुध्रिएनन् भने कयौं बालेन शाह र हर्क सम्पाङहरु यो मुलुकमा जन्मने छन् भनेर संसदमा बोलैको थिए, जो अहिले देखिएकै छ । ’

उनले यो नियमावलीमा स्वतन्त्र र साना राजनीतिकदलहरुलाई निषेध गर्ने किसिमले आएको जिकिर गरे । उनले राष्ट्रिय सभालाई पनि नजर अन्दाज गरिएको दावी पनि गरे ।

सांसद देवकोटाले भने ‘परिमार्जित यो नियमावली साविकको भन्दा अलि उत्कृष्ट हुनुपर्ने हो । तर मैले त्यस्तो देखिन । विना सांसदीय सुनुवाई , संवैधानिक परिषदका पदाधिकारि लगायतको नियुक्ति स्वत सदर हुने किसिमको पुरानै व्यवस्था छ । यसमा दलहरुले ध्यान दिएको खै ?मन्त्रीको कुर्सी यति बलियो रहेछ, उनीहरु हल्लन पनि चाहदैनन् । ’

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १२:३७