५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारत भ्रमण गर्नु अघि पूर्व प्रधानमन्त्री तथा कुटनीतिज्ञसँग परामशर्ष गर्दै प्रधानमन्त्री प्रचण्ड

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जानु अघि पूर्व प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

छलफल सिंहदरवारस्थित मन्त्रीपरिषद्को कार्यालयमा आइतवार दिउँसो दुई चरणमा हुनेछ । पहिलो चरणमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, राजनीतिक दलका शिर्ष नेता सहभागि हुनेछ ।

छलफल २ बजेबाट सुरु हुनेछ । दोस्रो चरणको छलफल ३ः३० बजेटबाट सुरु हुनेछ । बैठकमा परराष्ट्र मन्त्रालयका पूर्व कुटनीतिज्ञ, पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदुत तथा नेपालस्थित भारतीय दुतावासका पदाधिकारी सहभागि हुनेछन् । प्रधानमन्त्रीको भारत भ्रमण आगमी १७ भदौंबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १०:३३