१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

रामवीरको राजिनामा पार्टी निर्णयमा भर, कारबाही गर्न कार्यकर्ताको माग

३१ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरको राजिनामा पार्टीको निर्णयमा भर पर्ने भएको छ । पार्टी कमिटी र अध्यक्षको समेत परामर्शबिनानै भारतीयहरूको सल्लाहमा राजिनामाका लागि तयार भएको अारोप लागेपछि रामवीरलार्इ कारबाही गर्न पार्टी नेतृत्वलार्इ दबाब परेको छ ।

राजिनामापत्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तयार भए पनि उनको राजिनामाको बारेमा अध्यक्ष केपी शर्मा अोलीलार्इ भन्दा पहिला दिल्लीलार्इ जानकारी भएको तथ्य सार्वजनिक भएपछि कार्यकर्तापंक्तिमा अाक्रोश पैदा भएको छ । पार्टीका केन्द्रीय सदस्यहरूले नै यस विषयलार्इ गम्भीरतापूर्वक लिनुपर्ने भन्दै सांसद मानन्धरलार्इ कारबाही गर्न माग गरेका छन ।

दैनिकीले सांसद मानन्धरलार्इ तपार्इको राजिनामाको विषय कहाँ पुग्यो भनेर प्रश्न गर्दा उनले अब पार्टीले गरेको निर्णय शिरोपर गर्ने बताए । उनले अाफूले पार्टी नेताकै सल्लाहमा अाफू राजिनामाको लागि तयार भएको भन्दै अब पनि पार्टीको बैठकको निर्णय मान्न अाफू तयार रहेको बताए ।

अब कात्तिक ४ गते बस्ने पार्टीको सचिवालय बैठकमा रामवीरको राजिनामाको विषयमा विस्तृतमा छलफल हुने बुझिएको छ । यता रामवीरलार्इ राजिनामा गराएर संसद प्रवेशको चोरबाटो प्रयोग गर्न खोजेका पार्टीका नेता वामदेव गाैतम व्याक भएका कारण विषयको च्याप्टर क्लोज भएको चर्चा चलाइएको छ । तर रामवीरको राजिनामाको साइडइफेक्ट भने लामो समय रहने देखिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार ०८:५५