नेप्सेमा थप २ कम्पनीको मूल्य समायोजन, कुनको कति?
११ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप २ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको हो ।
१) प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड
नेप्सेले कम्पनीकाे ९.८० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४२८.५ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४७० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
२) नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६०१ रूपैयाँ ६७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६४९ रुपैंया ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार ०९:३८