२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेपाल सबैभन्दा सक्षम र इमान्दार देश बन्न सकेन्ः चन्द्र भण्डारी

१० जेठ, काठमाडौं । सांसद चन्द्र भण्डारीले अवसर हुँदा पनि नेपाल सबैभन्दा सक्षम र इमान्दार देश बन्न नसकेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद भण्डारीले अब विकसित प्रविधिसंग समाहित हुन सक्नु पर्ने बताए ।

उनले भने ‘ अव आउने ३० वर्षमा विश्व कहाँ जाँदैछ छ त ? यो सबै भन्दा महत्वपूर्ण कुरा हो । अवको ३० वर्षमा हाम्रो विजुलीले काम गर्दैन् । विजुली निकाल्ने कुरा परिवर्तन हुनसक्छ । सौर्य विजुलीको उत्पादन हुनेछ जसलाई हामीले कलेक्सन गर्न सक्छौं । अबकोे तीस वर्षमा हामीले चलाईरहेका गाडीहरु ८० प्रतिशत हट्नेछन् । र, स्वचालित गाडी आउनेछन् । आज हामी संसारको सबै भन्दा ठूलो देश सबै भन्दा सक्षम र ईमान्दार देश बन्न सकिरहेका छैनौं । के हामी कमजोर हौं ? के् हामीलाई ज्ञान छैन ? यो सबैभन्दा महत्वपूर्ण कुरा हो । ’

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १५:०३