तीव्र विकास गरी नुवाकोटको मुहार फेर्दैछाैँः सांसद पाण्डे
३१ असोज, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् नुवाकोट क्षेत्र नम्बर २ प्रदेशसभा क का सांसद केशवराज पाण्डेले चुनावमा गरेको प्रतिवद्धता सबै पूरा गर्ने बताएका छन । बेलकोढी ११ मा रहेको अनेरास्ववियु पञ्चकन्या माविले अायोजना गरेको दशैँको शुभकामना अादानप्रदान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सांसद पाण्डेले अाफूले चुनावको बेलामा प्रतिवद्धता गरेका हरेक बुँदा कार्यान्वयन गर्ने दाबी गरे । उनले संघीयताको नाैलो अभ्यास भएकाले अभ्यस्त हुन समय लागेको भन्दै अब सबै कामहरूले गति लिने बताए ।सांसद पाण्डेले यो अार्थिक वर्षमा विगत वर्षको एकमुष्ट भन्दा बढी बजेट परेको बताएका छन ।
उनले संघ र प्रदेश दुबै सरकारले बेलकोटगढीमा पर्याप्त बजेट बिनियोजन गरेको बताए । उनले बजेटको कार्यान्वयन मुख्यकुरा रहेको भन्दै अाफ्ना गाउँठाउँमा परेका कार्यक्रम सम्पन्न गर्न अाफ्नो ठाउँबाट पहलकदमी लिन सम्पूर्ण जनतालार्इ अाग्रह गरे । बजेट कार्यान्वयन अवसरको रूपमा रहेको चर्चा गर्दै सांसद पाण्डेले अहिले राम्रो काम नभए वा बजेट फ्रिज भए अागामी वर्षहरूमा अहिलेको जस्तो रकम विनियोजन हुन नसक्ने बताए । उनले तीव्र विकासको बाटोबाट नुवाकोटको मुहार फेर्ने दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टीको सरकार जनअपेक्षा अनुसार काम गर्न लागिपरेको बताउँदै केही कामै भएन भन्ने भ्रमको पछि नलाग्न अाग्रह गरे । उनले केही समाचार शीर्षको उदाहरण नै दिँदै निश्चित सञ्चारमाध्यले गलत सूचना दिएर जनतामा भ्रम फैलाउने प्रयास गरेको बताए । सांसद पाण्डेले अाफूले जनताका लागि राजनीति गरेकाले जनताकै बीचमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले सबैको दशैँको शुभ रहोस भन्दै यस्ता खाले चाडबाडले नेपाली जनताको बीचमा भाइचारा बृद्धि गर्ने बताए ।
कार्यक्रमका नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका नेता वासुदेव कडुवालले जनअपेक्षा अनुसार सरकारले काम गरिरहेको बताए । उनले समग्र नुवाकोट जिल्लाको सन्दर्भ कोट्याउँदै परिवर्तनको अाभास विस्तारै जनतामा पुग्न लागेको बताए । नेता कडुवालले यो कम्युनिष्ट सरकारले अबको चार वर्षमा समृद्धिको एउटा स्पष्ट संकेत देखाउने दाबी गरे ।
बेलकोटगढी ११ का वडा अध्यक्ष रामहरि पाण्डेले अाफूले जनअपेक्षा अनुसार काम गरिरहेको बताउँदै केही कमजोरी भएको भए त्यसलार्इ सुधार्न तयार रहेको बताए । पार्टीको नीति र निर्देशनलार्इ अाफ्नो ठाउँमा रहेर पूरा गर्ने भन्दै जनतालार्इ सुबिधाहोस भनेर कर्मचारी जस्तैगरी अाफू कार्यालयमा बसेर सेवादिइरहेको बताए । कार्यक्रममा अनेरास्ववियुका नेताहरू उत्तम अधिकारी, जनार्दन मुडभरी, राजेन्द्र पनेरू, प्रशान्तजंग पाण्डे लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व अनेरास्ववियु प्रारम्भिक कमिटीका अध्यक्ष जीवन तामाङले गरेका थिए ।
प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार ०६:३२