२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तैः गोकर्ण विष्ट

१० जेठ, काठमाडौं । सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै भएको बताएका छन् । बुधबार प्रनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद विष्टले नीति तथा कार्यक्रम चलायमान नभएको पनि दावी पनि गरेका छन् ।

उनले भने ‘२१ खर्ब सार्वजनिक क्रृणको अवस्था देखा परेको छ । एकातिर कर्जा प्रवाहको अवस्था यस्तो छ अर्को तर्फ रोजगारी सिर्जनाको अवस्था के छ ? उत्पादनको अवस्था के छ ? यसलाई समीक्षा गरेका छौं। ? यसको लागि टालटुले सुधारले केही हुँदैन् । सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै छ । जसमा कुनै चलायमान र उर्जा छैन् । जसमा कुनै दम छैन् ।

सांसद विष्टले महंगो निर्वाचनको कारणले आज राजनीतिमा असल ईमान्दार गरीब समान्य वर्गको मानिसहरु आउने अवस्था बन्द भएको चर्चा पनि गरे । उनले राजनीतिका दलाल र माफिया, भ्रष्टचारीहरुको बाहुल्यता बन्ने अवस्था देखा परेको तर्फ पनि सबैको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १३:२७