२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सांसद वाग्लेको प्रश्नः शरणार्थी प्रकरणमाचलिरहेको चुरिफुरि कति समय लम्बिन्छ ?

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा चलिरहेको चुरिफूरि कति समय लम्बिने हो भन्दै आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणको छानविन सूचीमा प्रहरी प्रमुख समेत थपिएको भन्दै यो घटनाको छानबिन कति समय चल्ने थाहा नभएको टिप्पणी गरे ।

उनले भने, नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने सूचीमा प्रहरी प्रमुख समेत थपिएको दुःखद आरोप छ । कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैन् । दण्डहिनताको यो निक्रिष्ट चुरिफूरि, यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौ । ’

उनले तनहुँ १ मा हावाहुरिका कारण भएको जनधनको क्षतिप्रति राज्यबाट प्राप्त हुने क्षतिपूर्ति अपर्याप्त भएको भन्दै ध्यानाकर्षण पनि गराएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १२:५५