२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

देशमा बस्न सक्ने अवस्था नहुदाँ युवाहरु विदेश जाने प्रवृद्धि बढ्याेः कमल थापा

९ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा बसेर काम गर्न सक्ने वातावरण नहुँदा नेपाली युवाहरुमा विदेश जाने प्रवृति बढ्दै गएको बताएका छन् ।

मंगलबारदेखि सुरु भएको राप्रपा नेपालको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष थापाले देशमा रोजगारी सिर्जना गर्ने प्रभावकारी योजना नभएकोले बेरोजगारीको समस्या बढ्दै गएको बताए ।

उनले देशमै बसेर काम गर्न सक्ने वातावरण नभएकोले पनि अहिले युवाहरुमा विदेश जाने प्रवृद्धि बढ्दै गएको बताए । उनले भने;विगत २ दशकयता रोजगारी सिर्जना गर्ने ठोस र प्रभावकारी आर्थिक योजना कार्यान्वयनन हुँदा अहिले बेरोजगारी समस्या बिकराल बन्न गएको छ ।

करिब ४० लाख युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य भएका छन् । देशमा बसेर काम गर्न नसक्ने वातावरण हुदाँ नेपाली युवाहरुमा विदेश जाने प्रवृति व्यापक भएको छ ।

विपन्न मात्र हैन । हुने खाने परिवारका सदस्यहरु पनि ठूलो सङख्यामा विदेश जान थालेको देखिन्छन् । देशको समग्र अर्थतन्त्र समेत संकटग्रस्त हुदै गईरहेको छ । ’

अध्यक्ष थापाले अहिले बैंकबाट ऋण लिएर साना सटर व्यवसाय गर्नेदेखि ५ तले होटेलवालाहरुले पनि बैंककाे सावा ब्याज तिर्न नसकेको बताए । साथै विदेशबाट रगत पसिना बगाएर पठाएको विप्रेषणले अर्थतन्त्र चलाए जस्तो देखिए पनि भित्रभित्रै अर्थतन्त्र कमजोर र मक्किदैं गएको बताए ।

उनले भने;विपे्रषणको प्रभाव र विदेशी मुद्राकाे सञ्चिति सकारात्मक देखिएता पनि घट्दो राजस्व, बढ्दो व्यापार घाटा, अनियन्त्रित चालु खर्च र पुजीँगत खर्च परिचालनमा कमी जस्ता प्रवृद्धि नकारात्मक छ । निमार्ण व्यवसाय घर जग्गा कारोबार तथा साना र मझौला उद्योग व्यवसाय धरासय हुदै गईरहेको छ ।  बैंकबाट कर्जा लिएर कारोबार गरिरहेका साना सटरवाला व्यवसायदेखि ५ तले होटेल वालाहरुले बैंकको सावा ब्याज बुझाउन सकिरहेका छैनन् । विदेशमा रगत पसिना बगाएर पठाएको विप्रेषणले अर्थतन्त्र सतहमा चलाए जस्तो रहे पनि भित्रभित्रै अर्थतन्त्र कम्जोर र मक्किदै गएको छ । ’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:५०