२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमालेलाई भ्रष्टाचार प्यारो हुनै सक्दैनः केपी ओली

९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कुनै पनि प्रकारको भ्रष्टाचारमा संलग्न थिएन्, छैन् र हुने पनि छैन् भन्ने दाबी गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा ओलीले भ्रष्टाचार देश, जनता, विकास र इमानको शत्रु भएको भन्दै नेकपा एमाले इमान नभएको पार्टी नभएको बताए ।

उनले एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने भन्दै एमालेभित्र रहेर नेकपा एमालेको आदर्श विपरित उद्देश्यहरुलाई प्रभाव पर्छ भने त्यस्तोमा कारवाही गर्न आफुहरु आफै अगाडि बढ्ने बताए । उनले भने, भुटानी शरणार्थीका नाउमा मानिस विदेश पठाउने कुरामा एकमुष्ठमा भन्न चाहन्छु नेकपा एमाले त्यसमा संलग्न थिएन्, छैन्, हुने छैन् ।

नेकपा एमाले कुनै भ्रष्टाचारमा संलग्न थिएन् । यदि कसैले नेकपा एमालेभित्र रहेर नेकपा एमालेको आदर्श, यसका मूल्य मान्यता विपरित, उद्देश्यहरुलाई प्रभाव पर्छ भने यस्तो कुनै प्रकारका क्रियाकलाप कसैले गर्छ भने नेकपा एमाले त्यस्तोमा कारवाही गर्न अगाडि बढ्छ । हामीलाई भ्रष्टाचार प्यारो हुनै सक्दैन् । भ्रष्टाचार देश, जनता, विकास, इमानको शत्रु हो । नेकपा आत्मा मरेका इमान नभएको पार्टी होईन् । ’

उनले हाम्रो देश आरालो लागिरहेको छ, कतै बाढी, पहिरो गएको छ तर सरकार त्यसलाई रोक्न छोडेर मुखदर्शक भएर बसेको छ भन्दै त्यसलाई रोक्न सचेत सक्रिय जनशक्ति तयार गर्नु आवश्यक भएको बताए । अध्यक्ष ओलीले बद्नियतपूर्ण, षड्यन्त्रपूर्ण र राज्य सत्ताको दुरुपयोग गरेर नेकपा एमालेका विरुद्ध अनुचित ढङ्गले प्रहार केन्द्रित गर्न खोजिरहेको भन्दै त्यसको क्षति व्यहोर्नु परेपनि शीर निहुराएर ह््यानसअप गरेर नचल्ने बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:३६