५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

९ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सीनाले जानकारी दिए ।

उनले भने ‘ आर्थिक वर्ष २०८० / ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु । ’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:२६