२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नीति तथा कार्यक्रमलाई शंकाको दृष्टिले हेर्नु गलतः प्रधानमन्त्री प्रचण्ड

९ जेठ, काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा समेटिएको योजनालाई शंकाको दृष्टिले हेर्नु गतल भएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका सवालको जवाफ दिदै प्रधानमन्त्री दाहालले कार्यक्रमलाई शंकाको नजरले हेर्दा आफुलाई नमिठो लागेको बताए ।

उनले भने ‘बहुवर्षीय र राष्ट्रिय प्राथमिकताका आयोजनालाई दीर्घकालीन लाभान्वित तुल्याउने खरबौंको राजस्व त्यहाँबाट संकलन हुन सक्ने र रोजगारी सिर्जना हुन सक्ने जोड दिएर दुई वर्ष भित्र भनेको दुई वर्ष पर्खिनुपर्छ भनेको हैन् । तुरुन्तै गर्न सकेमा गरे हुन्छ तर नीति कार्यविधी तयार गर्नुपर्ला यति राम्रोसंग ल्याईएको कुरालाई पनि कतिपयले शंकाको नजरले हेर्दा मलाई नमिठो महसुस भएको छ । ’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:२७