२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कावासोतीमा भजन एवम् शंख ध्वनि प्रतियोगिता, प्रथम, द्धितिय र तृतिय हुनेहरू पुरस्कृत

३० असोज, काठमाडाैँ । जय दुर्गा भवानी मन्दिर कावासोती ६ को आयोजनामा भएको भजन एवम् शंख ध्वनि प्रतियोगितामा भजनतर्फ गणेश मन्दिर कावासोति ६ प्रथम र शंख ध्वनि तर्फ गंगाधर न्यौपाने प्रथम भएका छन् । विजय दशमीको अवसरमा मन्दिरमा आयोजना भएको प्रतियोगितामा भजन तर्फ शिवलय मन्दिर दृतिय र बिकल्प भजन समूह तृतीय भएका छन् ।

शंख ध्वनिमा जगन्नाथ गौडेल दृतिय र शशिधर सापकोटा तृतीय भएका छन् ।विजय दशमीको अवसरमा मन्दिरमा श्रिमद्देवी भागवत नवाह ज्ञान कथा महोत्सवको समेत आयोजना गरिएको छ । धर्मसंस्कृति जगेर्ना गर्ने उदेश्यका साथ ज्ञान तथा कथा महोत्सव सहित प्रतियोगिता समेत आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक भरत गौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार २१:०७