२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

मधेशमा ३ मन्त्रीले लिए शपथ

९ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा थप तीन मन्त्रीले शपथ लिएका छन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्रकुमार सिंहले स्वास्थ्य मन्त्रीको शपथ लिएका छन् । त्यस्तै नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिए ।

उनीहरुलाई जनकपुरधामस्थित मधेश भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका जनमत पार्टीका वसन्त कुशवाहको ठाउँमा नेकपा एसका न्यौपानेलाई जिम्मेवारी दिइएको हो । माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १५:३९