२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

छ महिनापछि मन्त्रीपरिषद्ले पूर्णता पायो, जसपाका वीरेन्द्रप्रसाद र प्रमिला मन्त्री नियुक्त

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एघारौं पटक बिस्तार गरेर मन्त्रीपरिषद्लाई बल्ल पूर्णता दिएका छन् । नियुक्त भएको मन्त्रीमा वीरेन्द्रप्रसाद महत्तो र प्रमिला कुमारी रहेका छन् ।

महत्तोलाई बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने, प्रमिलालाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई जिम्मेवारी तोकेका हुन् । नव नियुक्त दुवै मन्त्री जनता समाजवादी पार्टीका सांसद हुन् । शिक्षा मन्त्रीमा जसपाकै अशोक राई छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १४:१०