२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको गठबन्धनका केन्द्रीय नेताहरूबीचको बैठकमा मुख्यमन्त्री सरोज कुमारयादव निर्णय विपरीत हिँडेको निष्कर्ष सहित माओवादी केन्द्रले, सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मन्त्रालय भागबण्डा मिलाउन सोमबार गठबन्धन घटक दलका नेताहरूबीच बैठक बसेको थियो । तर बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि आज बिहान फेरि बैठक बस्ने निर्णय भएको थियो।

तर मुख्यमन्त्री यादवले बैठक नगरी कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लागेपछि माओवादी आक्रोशित बनेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १४:०७