२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

विद्यालयको पाठयक्रममा माओवादीको सशस्त्र द्वन्द्वबारे कोर्ष राखिनु गलतः सांसद पन्त

९ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कालीकोटको पचाल झर्ना गाविसमा ५ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द्व, माओवादी जनयुद्धको सकारात्मक प्रभाव बारे कोर्ष बुक राखिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले पार्टीले गरेको कामलाई पाठ्यक्रममा राख्ने काम उचित नभएको बताए । उनले भने, कालीकोटको पचााल झर्ना गाविसमा प्रधानमन्त्रीको पार्टीले चुनाव जितेको छ, त्यहाँ ५ देखि ८ कक्षा सम्मको पाठ्य क्रममा सशस्त्र द्धन्द्ध, माओवादी जनयुद्धको सकारात्मक प्रभाव बारे विभिन्न अध्याय राखेर कोर्ष बुकमा राखेको छ । यो काम कसैले पनि नगरौ एमालेले झापा विद्रोह बारे, काँग्रेसले २०१८ सालको संघर्ष बारे, राप्रपाले पञ्चायत र राजावादी बारे कोर्ष बुकमा राख्न थाल्यो भने सही सन्देश जाँदैन् । ’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:०३