२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बाँकोटाको आग्रह

९ जेठ, काठमाडाैं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे ।

सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हालसम्मका सरकारले के-के गरे ? के एमाले बाधक हो ? भन्दै यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भन्ने आग्रह गरे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १२:५७