२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष बादल र अख्तियार प्रमुख राईको संलग्नता छैनः विष्णु रिजाल

९ जेठ, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिकामा मानवतस्करी गर्न लागि काम गरिरहेको गिरोहसँग पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको संलग्नता नरहेको दाबी गरेका छन । उनले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बादल र राईको नाम जबर्जस्ती जोडिएको बताएका छन ।

उनले भनेका छन,  ‘केपी ओली सरकारका पालामा शरणार्थीसम्बन्धी अध्ययन कार्यदल बन्यो र त्यसले कुनै गलत प्रतिवेदन दिएन । फलतः देउवा सरकारका पालामा गिरोहले गृहबाट सक्कली प्रतिवेदन झिकेर नक्कली प्रतिवेदन बनायो र मान्छे ठग्यो । अनि अनेक कथा बनाएर असम्बन्धित व्यक्तिका नाम जोड्नुको के औचित्य छ ? कुरा सीधा छः बाहिर क–कसले ठगे होलान्, हामी मिलाइदिन्छौँ भनेर कसैका नाम दुरुपयोग गरे होलान्, तर सरकारी तवरबाट ओली सरकारका पालामा कुनै मान्छे संलग्न भएको र कुनै गलत काम भएको प्रहरी अनुसन्धानबाट देखिएन । प्रधानमन्त्री र उहाँको टिमको त कुरै भएन, तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेम राईको समेत कुनै संलग्नताको गुञ्जायस नभेटिँदा नभेटिँदै जबर्जस्ती नाम जोडेर प्रचार गर्नु त पूर्वाग्रहको हद भएन र ?’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १०:३२