धितोपत्र बोर्डले दियो नयाँ सात ब्रोकरलाई लाइसेन्स, कुन-कुनले पाए ?
९ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डको साेमबार बसेको सञ्चालक समितिको बैठकले सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । सेबोनले आशयपत्र प्रदान गरेका ४३ नयाँ कम्पनी मध्ये पहिलो चरणमा ७ वटाले लाइसेन्स पाएका हुन् ।
हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज
र प्रोपर्टी विर्जाड सेक्युरिटिजले लाइसेन्स पाएका हुन् ।
प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०९:०१












