१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

सर्च फर कमन ग्राउन्डको बैठकमा सहभागी हुन अमेरिका पुगेका डा भोला दाहाल मृत भेटिए

३० असोज, काठमाडाैँ । सामाजिक अभियन्ता समेत रहेका शिक्षाविद् डा. भोलाप्रसाद दाहालको सोमबार अमेरिकाको क्यालिफोर्नियामा निधन भएको छ । सर्च फर कमन ग्राउन्डको बैठकमा भाग लिन अमेरिका गएका दाहालको निधन भएको परिवारले जनाएको छ । दाहाल होटेलको कोठामा मृत भेटिएको बताइएको छ ।

दाहालको मृत्युको कारण भने खुलेको छैन । दाहाल हाल सर्च फर कमन ग्राउन्डका नेपाल निर्देशक थिए । अक्टोबर १३ का दिन उनले सान्त मोनिका, क्यालिफोर्नियाँबाट फेसबुकमा तस्बिर पोस्ट गरेका थिए । रामेछापमा जन्मेका दाहालको आमा, पत्नी, तीन छोरा, बुहारी र नातिनी छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार १९:४७