२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

योगेशलाई देवेन्द्रको जवाफः जनयुद्ध बुझ्न ‘डिक्सनेरी’ पल्टाएर हेर्नुहोला

८ जेठ, काठमाडाैं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एमाले सांसद योगेश भट्टराईले संसदमा उठाएको जनयुद्धको प्रसंगप्रति आपत्ति जनाउँदै ‘डिक्सनेरी’ पल्टाएर अध्ययन गर्न आग्रह गरेका छन् ।

संसदमा सोमवार भट्टराईले मुलुकमा नयाँ संविधान जारी भएपछि सरकारी कार्यालयमा जनयुद्ध शब्द प्रयोग नभएको बताएका थिए । त्यस्तै सरकारबाट सार्वजनिक नीति तथा कार्यक्रममा जनयुद्ध शब्द समावेश भएकोमा समेत उनले आपत्ति जनाएका थिए ।

साथै, उनले नीति तथा कार्यक्रममा समावेश जनयुद्ध शब्दप्रति समर्थन गर्ने काँग्रेसको ‘इन्ड अफ द हिस्ट्रि’ समेत यही भएको बताएका थिए । भट्टराईको उक्त भनाईमा कडा टिप्पणी जनाउँदै सांसद् पौडेलले १२ बुँदे बृहत शान्ति सम्झौतामै जनयुद्ध शब्द उल्लेख भएको हुँदा उक्त तथ्य अध्ययनका लागि ‘डिक्सनेरी’ पल्टाउन भनेका हुन् ।

संसदमा उनले भने,‘भर्खरै एक जना माननीयले जनयुद्धको बारेमा टिप्पणी गर्नुभयो । माननीयलाई एक पटक ‘डिक्सनेरी’ पल्टाएर हेर्न आग्रह गर्न चाहन्छु । माओवादी युद्धमा माछा लडेका थिए ? कि भालु लडेका थिए ? जंगलका अर्नायुद्ध लगेका थिए कि रुख र ढुङगाहरु लडेका थिए ?युद्धमा मासिन नै लगेका थिए । मानिसले लडेका युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । ‘डिक्सनेरी’ पल्टाएर हेर्नु होला ।’

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १४:१४