२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

भुटानी शरणार्थी प्रकरणमा पुर्व प्रधानमन्त्रीमाथि समेत छानविन गर्न सांसद सुवालको माग

८ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धान गर्न सरकारसंग माग गरेका छन् ।

सोमबार प्रतिनीधिसभाको बैठकमा उनले सबै मन्त्रीहरुको काम कारवाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने भन्दै सरकारले यस प्रकरणको विषयमा थप अनुशन्धान गर्न आवश्यक भएको बताए ।

‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम कारवाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपिहरु पूर्वउपप्रधानमन्त्री प्रहरी अनुसन्धानमा छन् । पुर्व प्रधानमन्त्रीहरुलाई पनि बयानमा बोलाई अनुसन्धान पूर्ण बनाउन जरुरी छैन् र ? एक पूर्व प्रधानमन्त्रीले चार सय नेपालीलाई १० वर्ष अगाडी नै भुटानी शरणार्थी बनाई अमोरिका छिराएको त्यसको प्रमाण समेत आफूसंग भएको सार्वजनीक रुपमा बताउनु भएको के सरकारलाई थाहा छैन र ?’

उनले पूर्व प्रधानमन्त्रीले आफुसंग प्रमाण भएको जानकारी सार्वजनीक रुपमा दिएको र त्यसको अनुसन्धानमा सरकार लाग्न आवश्यक भएको बताए ।

उनले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगी गर्ने काममा मन्त्रीहरूकै संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १२:५२