२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

धर्मको नाममा रोटी सेकाउने प्रवृति बढ्दैछः चित्रबहादुर केसी

७ जेठ, काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अहिले हिन्दू धर्मको नाममा राजनीतिक रोटी सेकाउने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै सांसद केसीले धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने र इसाई धर्मलाई हतियार बनाएर आफ्नो दूनो सोझ्याउने काम भईरहेको विषयए कदम गम्भीर भएको बताए ।

उनले भने, अहिले हिन्दूधर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने अर्को तिर इसाई धर्मलाई हतियार बनाएर आफ्नो दूनो सोझ्याउने,बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीतिक दूनो सोझ्याउने कुरा देखिएको छ । यो एकदमै गम्भीर कुरा हो । सांसद केसीले धर्मको आडमा भइरहेको गतिविधिलाई रोक्न आवश्यक भएको उल्लेख पनि गरे।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १३:३४