२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई संकटको डिलमा पुर्यायोः ओली

७ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकको अर्थतन्त्रलाई संकटको डिलमा पुर्याएको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदैँ अध्यक्ष ओलीले विश्वको तीब्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नाग पासा खेले झै तल झारिएको आरोप लगाए ।

उनले भने ‘ कति छिट्टै तपाईहरुले विश्वको तीव्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नागपासा खेलेझै ९९ सयबाट २ मा कसरी झार्नु भो ? नेकपा एमालेलाई विस्थापन गरेर बनेको कांँग्रेस र माओवादीसहित गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारण हो । प्रधानमन्त्रीज्यूलाई लाग्या होला यो सरकार राम्रो छ भनेर भनिदिए हुन्थ्यो भनेर तर तथ्याँकको आधारले त्यस्तो बोल्दैन्। हामी कसरी समर्थन गरौं । ’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १३:२३