२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

उखु किसानहरुको समस्या तत्काल समाधान गर्न सांसदहरुको माग

७ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले सरकारलाई उखु किसानहरुको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

आईतबार प्रतिनिधिसभाको बैठकमा उनले नगदे बालीलाई सरकारले उधारो वाली बनाई दिएको बताए । उनले भने ‘ उखु नगदे बालीहो । तर सरकारले त्यसलाई उधारो वाली बनाई दिएको छ । किसानलाई न मल न विउ दिएको छ । उल्टै किसानले मेहेनत गरेर उखु उत्पादन गर्छ त्यसलाई उधारोमा सरकारले लट्काई दिन्छ । यसमा सरकारको ध्यान जावस ।’

त्यसैगरी अर्का सांसद अनिशा नेपालीले सरकारले आफैंले गरेको निर्णयहरु पूरा गर्न नसकेको टिप्पणी गरेकी छन् । उनले सरकार विचौलियाहरुले चलाएको र किसानहरु मारमा परेको आरोप लगाइन् ।

उनले भनिन ‘ नेपाल सरकारले पटक पटक निर्णय गर्छ । किसानले उत्पादन गरेको उखुको मूल्य पाएका छैनन्। देशमा सरकारले कसले चलाएको छ विचौलियाले हो कि जनताले सरकारले आफैले लागू गरेको निर्णय किन लागू गर्न सकेन् । ’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १२:१८