२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सरकारको नीति तथा कार्यक्रमः प्रधानमन्त्री प्रचण्डले छलफलका लागि सदनमा प्रस्ताव पेश गर्दै

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदको प्रतिनिधि सभामा सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि पेश गर्ने भएका छन् ।

आइतबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि ‘आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्रीले सदनमा पेश गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनले सदनमा उक्त प्रस्ताव पेश गरेसंगै नीति तथा कार्यक्रम माथि क्रमागत रुपमा छलफल सुरु हुने छ । आजै सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफलमा सहभागी भई पार्टीका तर्फबाट धारणा राख्ने बताईएको छ ।

सरकारको नीति तथा कार्यक्रम अस्वीकार्य रहेको भन्दै कडा टिप्पणी गरेका उनले उक्त नीति तथा कार्यक्रमलाई पारित गर्न समर्थन नगर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार ०९:२२