२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सरकारले अनावश्यक संघसंस्था,समिति र कार्यालयहरु खारेज गर्ने

५ जेठ, काठमाडौं । सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु खारेज गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप कामन भएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताएका हुन् ।

नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ‘ अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेज गरिनेछ । काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गरिनेछ । ’ उनले खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानूनी व्यवस्थापन गर्ने बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १७:३४